समाचार
कक्षा ११–१२ अध्यापनरत शिक्षकद्वारा पेन डाउन, पठनपाठन प्रभावित
विराटचाेक देशैभरका कक्षा ११–१२ अध्यापनरत शिक्षकले आज विहिबार पेन डाउन गरी एक दिनका लागि पठनपाठन स्थगन गरेका छ्न । यसले विद्यार्थीकाे पठाइ समेत प्रभावित भएकाे छ । विद्यालयको संरचना कक्षा १२ सम्म पुर्याएपछि सरकारले प्रति विद्यालय दुई जना अस्थायी शिक्षक र केही आंशिक, अनुदानका गरी जम्मा ६ हजार शिक्षकलाई मात्र अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको हुँदा आफ्नो न्यायोचित व्यवस्थापनको माग गर्दै शिक्षकहरू आन्दाेलित हुनुपरेकाे माेरङकाे सुन्दरहरैँचामा रहेकाे सुकुना माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल इस्टुन माेरङका उपाध्यक्ष मणिराज लिम्बूले बताए । पूर्व निर्धारित कार्यक्रम भएकाले सरकारलाई दवाब दिने उदेश्यले पेन डाउन गरिएकाे उपाध्यक्ष लिम्बूले बताए ।
शिक्षककाे सेवा र सुरक्षा साथै कक्षा ११ र १२ काे शैक्षिक गुणस्तर सुधारका लागि हिस्टुन आन्दाेलित
विगत ३० वर्षदेखि कक्षा ११–१२ सञ्चालन हुँदै आए पनि स्थायी शिक्षक एक जना पनि नभएको हुँदा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्ति गरिनुपर्ने माग सहित साबिक उच्च माविका शिक्षक चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
हिस्टुनले गरेको आन्दोलनको सर्कुलर बमोजिम देशैभरका उच्च माविमा प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाई हातमा कालो पट्टि बाधेर अध्यापन गराएका छन् । जिल्ला प्रशासन कार्यालय स्थानीय सरकारलाई समेत ज्ञापन पत्र बुझइ सकिएकाे र आफ्ना १६ बुँदे मागबारे निर्वाचन क्षेत्रका सांसदहरूलाई समेत ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण समेत गराएका छन् । यति गर्दा समेत सरकारकाे शिक्षकका समस्या प्रति ध्यान नगएमा भाैतिक रुपमै आन्दाेलन गर्ने तयारी रहेकाे माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल इस्टुनका महासचिव टीकाप्रसाद न्याैपानेले बताए ।
Facebook Comment
Banner
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।
Banner
टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ
Tata को ठगी धन्दा : नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
Banner
आज – ०१ जेठ २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login